फेरी आए कुलमान, आजै नियुक्तिको पत्र दिएर पदभार ग्रहरण गराइने

0
19

काठमाडौं – सरकारले नेपाल बिधुत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गरेको छ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले घिसिङ प्राधिकरणमा नियुक्त भएको पत्र मन्त्रालयलाई प्राप्त भइसकेको छ । उनलाई आजै नियुक्तिको पत्र दिएर पदभार ग्रहरण गराइने भेटवालले जानकारी दिए । घिसिङले आफूलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको जानकारी आएको तर पत्र आउन बाँकी रहेको जानकारी दिए । ‘मन्त्रालयको आफ्नै प्रकिया छ, त्यो पूरा भएर सम्भवत आजै पत्र आउँछ अनि कार्यभार सम्हाल्छु,’ घिसिङले भने । ११ महिनाअघि कार्यकाल सकिएपछि घिसिङ बिदा भएका थिए । उनी भदौ ३१ मा चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका थिए । प्राधिकरणको नेतृत्व गरेका हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगको विज्ञको जिम्मेवारी दिइएको छ । शाक्यलाई विशिष्ठ श्रेणी सरह र खाइपाइ आएको सुविधा कटौती नहुने गरी उर्जा आयोगमा विज्ञका रूपमा पठाइएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here