आफ्नो प्रभाव क्षेत्र तीव्र गतिमा बिस्तार गर्दै लगेको तालिबानले एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गर्यो

0
13

आफ्नो प्रभाव क्षेत्र तीव्र गतिमा बिस्तार गर्दै लगेको तालिबानले आइतबार एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गरेको छ । अफगानिस्तानमा पछिल्लो केही दिनयता तालिबान बिद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरिरहेका छन् । ग्रामीण क्षेत्रमा आफ्नो पकड बनाएपछि शहर पसेका तालिबान लडाकुले आइतबार उत्तरी शहर कुन्दुजसहित सर–ए–पुल र तालोक्वानमा नियन्त्रण कायम गरेका हुन् । योसँगै अहिलेसम्म तालिबानले पाँच प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भएको छ । यसअघि शनिबार तालिबानले उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान तथा शुक्रबार दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो । अहिलेसम्म नियन्त्रणमा लिइएका मध्ये कुन्दुज रणनीतिक रुपमा निकै महत्वपूर्ण रहेको छ । यो शरह अरु महत्वपूर्ण केन्द्रहरुसँग जोडिएको छ, जसमा केन्द्रीय राजधानी काबुल पनि पर्छ । बिस्थापित बालबालिकाहरुले स्थानीय विद्यालयहरुमा शरण लिएका छन् ।
अमेरिकी तथा अरु विदेशी सैनिक फिर्ता हुने थालेपछि अफगानिस्तानमा हिंसा बढ्दै गएको छ । २० वर्षको सैन्य अभियानपछि अमेरिकी तथा नेटोमा आवद्ध सैनिकहरु आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् । पछिल्ला हप्ताहरुमा तालिबान लडाकुले आफ्नो प्रभाव क्षेत्र तीव्र गतिमा बिस्तार गरिरहेका छन् । आइतबार केही घण्टाको अन्तरालमा उत्तरी क्षेत्रका तीन महत्वपूर्ण शहर तालिबानको पकडमा गएका हुन् । तर तालिबान सरकारले भने आफ्ना सैनिकहरुले शहरहरु पनि नियन्त्रणमा लिने प्रयास गरिरहेको बताएको छ । पश्चिमी शहर हेरात, दक्षिणी शहर कान्दाहर तथा लश्कर गाहमा पनि भिडन्त भइरहेको छ । तालिबान र सरकारी सुरक्षाबलबिचको भिडन्तका कारण यो वर्ष हजारौँ सर्वसाधारण बिस्थापित भएका छन् । बालबालिकासहित परिवारहरुले विद्यायल तथा स्थानीय सार्वजनिक भवनहरुमा शरण लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here