सरकारले बाढी पीडितको राहतका काममा तीव्रता दिन नसकेको प्रचण्डको भनाइ

0
14

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष सरकारले बाढी पीडितको राहतका काममा तीव्रता दिन नसकेको बताएका छन् । उनले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र वरपरका बाढीपीडितलाई राहत दिन ढिलाइ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । आज दाहालनिवास खुमलटार पुगेका बाढीपीडितसँगको भेटमा उनले सरकारले सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार राहतका कामलाई तीव्रता दिन नसकेको बताएका हुन् । बाढी पीडितसँगको कुराकानीमा उनले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा ग¥यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलाप तीव्रतासाथ अगाडि बढ्यो कि बढेन भन्दा अझै पनि ती गतिविधि त्यहीअनुसारको तीव्रताका साथ अगाडि बढेको छैन ।’ उनले बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एकपटक मेलम्ची र त्यसवरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here