गुल्मीमा जीप दुर्घटना, ३ जनाको मृत्यु थप विवरण आउन बाँकी

0
24

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । मृतकको सनाखत हुन कसेको छैन । जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

                                                                               साभार - रातोपाटि 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here