थप ३ हजार ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
9

काठमाडौं – मंगलबार नेपालमा ३ हजार ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६५५ पीसीआर र ४ हजार८६३ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ७२६ र ११७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ । जसमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २० जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ७५८ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here