काठमाडौं जिल्लामा अब अनलाइनमा नाम दर्ता गराएकाले मात्र कोरोनाविरुद्धको खोप लगाउन पाउने

0
233

काठमाडौं – काठमाडौं जिल्लामा अब अनलाइनमा नाम दर्ता गराएकाहरुले मात्र कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार उक्त प्रावधान गरिएको काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए । मन्त्रालयले साउन १ गते पत्र पठाएर उक्त निर्देशन दिएको खड्काको भनाइ छ । उनले भने‚ ‘खोपका लागि अनलाइन दर्ता नम्बर भएकोलाई मात्रै अब खोप लगाउनु भन्ने पत्र आएको छ‚ अब त्यहीअनुसार खोप लगाउँछौँ ।’ सरकारले काठमाडौंमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउने बताएको छ । खोपका लागि स्वास्थ्य मन्त्रालयको तयार गरेको वेबसाइटमा गएर फर्म भर्न सकिने खड्काले बताए । खोप केन्द्रमा भीड नहोस् भनी यस्तो प्रावधान गरिएको उनको भनाइ छ । नेपालमा हालसम्म जोनसनको खोपबाहेक ४५ लाख ३ हजार २२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमध्ये २२ लाख ८८ हजार ७९२ जनाले कोभिशिल्ड लगाएका छन् । कोभिशिल्डको दोस्रो खोप करिब १४ लाख जनाले लगाउन बाँकी छ । यस्तै‚ भेरोसिल २२ लाख १४ हजार ४३६ जनाले लगाएकोमा आठ लाख २८ हजार ४९८ जनाले दोस्रो मात्रा लगाउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here