सधैका लागि बन्द भयो कुमारी हल

0
156

काठमाडौंँ – कमलपोखरी स्थित कुमारी चलचित्र भवन (हल) सधैका लागि बन्द गरिएको छ । कोरोना महामारीको प्रभावका कारण दुईवटा पर्दा भएको यो हल सधैंका लागि बन्द गर्ने निर्णयमा संचालक पुगेका हुन् । क्यूएफएक्स चेनको संचालनमा रहेको हल भित्रका सामानहरु समेत अहिले हटाउन थालिएको छ । अब चलचित्र भवन अन्य प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ । तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागेको हो । कोरोनाले चलचित्र भवनको खर्च धान्न नसकेकाले सधैका लागि बन्न गर्न लागेको क्यूएफएक्सका सिइओ रोशन अडिगाले जानकारी दिए । कोरोना महामारी अगाडि हल बन्द गर्ने विषयमा नसोचेको बताएका रोशनले भने ‘कोरोनाको कारणले चलचित्र भवनको खर्च धान्न नसक्ने भएपछि बन्द गर्न बाध्य भएका हौं ।’ बलिउड, हलिउड होस् वा नेपाली फिल्म प्रदर्शनको एउटा महत्वपुर्ण इतिहास बोकेको कुमारी हल २०६२ सालमा क्यूएफएक्सले सञ्चालनको स्वामित्व लिएको थियो । नेपाली फिल्मका निर्माताले ठूलो शेयर पाउने गरेको यो हलमा च्यारिटी, प्रिमियर शो, प्रेस मिट, फिल्म महोत्सव लगायतका कार्यक्रम समेत हुदै आएका थिए । यस अगाडि क्यूएफएक्स चेनको जय नेपाल चलचित्र घर समेत सधैका लागि बन्द गरेको थियो ।

                                                                          - रातोपाटि बाट साभार 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here