प्रधानमन्त्री ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्ने माधव नेपालको भनाइ

0
19

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने बताएका छन् ।विपक्षी गठबन्धनले बुधबार सम्पादकहरुसँग गरेको अन्तरक्रियामा नेता नेपालले ओली दक्षिणपन्थी बाटोमा रहेको बताए । आफूहरु देशमा रहेका सबै सकारात्मक शक्तिसँग सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै उनले भने, ‘मानिस हुन्, कहिलेकाहीं गल्ती हुन्छ । त्यसलाई स्वीकार गरेर कोर्स करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here