बैतडीमा जन्ती बोकेको जिप दुर्घटना दुलहा, दुलहीसहित १२ जना घाइते

0
16

कञ्चनपुर – कञ्चनपुरबाट जन्ती बोकेर बैतडीतर्फ जाँदै गरेको जिप बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जन्ती लिएर कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि फर्कंदै गर्दा सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा दुलहा, दुलहीसहित १२ जना घाइते छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here