अब सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने

0
17

काठमाडौं – अब सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने भएको छ। कोरोना महामारीका कारण सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here