राजु कानको निर्देशन र अभिनयमा ‘डन’ सार्वजनिक ( भिडियो )

0
171

काठमाडौं – नेपाली म्यूजिक भिडियो निर्माणको क्षेत्रमा नेपाल बाहिर बस्ने नेपालीको योगदान उच्च रहदै आएको छ । नेपाल बाहिर बस्ने धेरै नेपालीहरुले पछिल्लो समय गुणस्तरीय म्यूजिक भिडियोहरु निर्माण गरिरहेका छन । यसै मध्येका एक हुन् राजु कान , अष्ट्रेलियामा रहेर धेरै गीतहरुमा मोडलिङ र निर्देशन गरिसकेका राजुको निर्देशन र अभिनयमा ‘डन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायकहरु सशान कंडेल र बिनय कार्कीको स्वर रहेको हार्डरक जनराको गीत ‘डन’ मा महेश ज्ञवालीको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा राजु कान, देव नेपाली ,प्रतिभा महर्जन र हिलारी रावलको अभिनय रहेको छ अष्ट्रेलियामै छायांकन गरिएको गीतको भिडियोमा कृष्ण सुबेदीको सिनेमाटोग्राफी , विकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई नयाँ नेपाली वर्ष २०७८को अवसर पारेर ब्ल्याक आइ क्रियसन ( Black Eye Creation) को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here