अटोमा लैजाँदै गरेको अवस्थामा २३ किलो गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

0
13

काठमाडौं – २३ किलो गाँजासहित हेटौंडामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । अटोमा गाँजा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमध्ये दुईजना महिला छन् । हेटौंडा उपमहानगरपालिका–११ मा बुधबार ना १ ह ९०९९ नम्बरको अटो चेकजाँच गर्नेक्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेपछि अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा अटोचालक हेटौंडा उपमहानगरपालिका–११ का ४० वर्षीय चतुरमान मोक्तान, अटोमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ की ४७ वर्षीया निर्मला तामाङ र सोही ठाउँकी ४७ वर्षीया माया तामाङ रहेका छन् । उनीहरुलाई बिहीबार जिल्ला अदालत मकवानपुरबाट लागूऔषध मुद्दामा म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here