पछिल्लो २४ घण्टामा देशभर थपिए १६२ कारोना संक्रमित, ५९ जना निको

0
23

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १६२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ६७ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँमा ५०, भक्तपुरमा ४ र ललितपुरमा १३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ। हाल देशभर १ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ३ हजार ९ सय १९ पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here