आजपनि घट्यो सुनको भाउ

0
28

काठमाडौं – सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । मंगलबार ८६ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ बुधबार ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले बुधबारका लागि तेजावी सुनको प्रति तोला भाउ ८५ हजार १५० रुपैयाँ तोकेको छ । मंगलबार ८५ हजार पाँच सय ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन १२ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको बुधबारको खरिद बिक्री मूल्य ११ सय ९५ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here