बेलायती राजघराना त्याग गरेका राजकुमार ह्यारीले सुरु गरे अमेरिकामा नयाँ जागिर

0
108

काठमाडौँ- बेलायती राजघराना त्याग गरेका राजकुमार ह्यारीले अमेरिकामा नयाँ जागिर सुरु गरेका छन् । क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा उनले कार्यकारी अधिकृतको जागिर सुरु गरेका हुन् । स्टार्टअप कम्पनी बेटरअपमा उनी चिफ इम्प्याक्ट अफिसरको पदमा भर्ना भएका हुन्। बेटरअप कम्पनी तथा राजकुमार ह्यारीका प्रवक्ता समेतले उक्त कुराको पुष्टि गरेका सीएनएनले उल्लेख गरेको छ। बेटरअपले ग्राहकहरुलाई प्रशिक्षण तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँदछ। कम्पनीको वेबसाइटमा ह्यारीलाई कम्पनीको नेतृत्व तहमा सूचिकृत गरिएको छ। जहाँ उनको बारेमा उल्लेख गर्दै उनी मानवतावादी, सैनिक भेट्रान, मानसिक स्वास्थ्य पैरवीकर्ता तथा वातावरणकर्मी भएको बताइएको छ। राजकुमार ह्यारी पत्नी मेघनले अमेरिकी टेलिभिजन सेलिब्रेटी ओप्राह विन्फ्रेलाई आफूहरु बेलायती राजपाठ छाडेको सम्बन्धमा दिएको विस्तृत अन्तर्वार्ताको केही हप्तामै ह्यारीले नयाँ जागिर सुरु गरेका हुन्। राजपरिवारका रुपमा रहँदा भोग्नुपर्ने मानसिक तनाव र त्यसले मानसिक स्वास्थ्यमा पार्ने प्रभावका विषयमा पनि उनीहरुले बोल्ने गरेका छन्। बेटरअप कम्पनीमा ह्यारीको भूमिका प्रडक्ट रणनीति सम्बन्धी निर्णय तथा च्यारिटी योगदानका विषयमा आफ्नो राय दिनु र मानसिक स्वास्थ्यका विषयमा सार्वजनिक रुपमा पैरवी गर्नु हुनेछ। उक्त कम्पनीमा राजकुकमार ह्यारीको तलब कति हुनेछ भन्ने बारेमा चाहिँ केही खुलाइएको छैन। कम्पनीका सीईओ एलेक्सी रोबिचउक्सले वाल स्ट्रिट जर्नलसँग कुराकानी गर्दै ह्यारीको भूमिका अर्थपूर्ण रहेको बताएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here