महेश बस्नेत पुगे रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार

0
135

काठमाडौं – नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन् । एमाले केन्द्रीय सदस्य तथा सांसद बस्नेत कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीसँग भेटका लागि शुक्रबार कारागार पुगेका थिए । पछिल्लो समय एमाले र जनता समाजबादी पार्टीबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश चौधरीलाई दिएको स्रोतको दाबी छ । हिजोमात्रै गृहमन्त्री रामबहादुर थापा बादलले थारु कल्याणकारी सभाले गरेको रेशम चौधरीको रिहाइको आन्दोलनमा सहभागी भएर प्रतिबद्धता जनाएका थिए । रेशम चौधरीले पार्टीको निर्णय मान्ने र सरकारमा सहभागी हुने संकेत गरेर बक्तब्य दिनुलाईसमेत विकसित घटनाक्रमसँग जोडेर हेरिएको छ । जसपामा अध्यक्षहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव कांग्रेस माओवादीसँगको गठवन्धनको पक्षमा छन् भने महन्थ ठाकुर राजेन्द्र महतो लगायतहरु वर्तमान सरकारमा सहभागी हुने पक्षमा रहेका छन् । जसपाले चौधरीको रिहाइलाई मुख्य माग बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here