फेरी लकडाउन हुने हल्लाका बीच यस्तो छ विज्ञको सुझाब

0
19

काठमाडौँ – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपालमा पहिलो पटक लकडाउन भएको १ वर्ष पूरा भएको छ। सरकारले पहिलो पटक ठीक १ वर्षअघि चैत ११ गतेदेखि १ साताका लागि लकडाउन गरेको थियो। तर त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा पनि त्रास बढ्दै गएको छ। सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भीडभाड हुने कार्यक्रम नगर्न तथा मास्कको अनिवार्य प्रयोग गर्न निर्देशन दिइसकेको छ। नेपालमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फेरि लकडाउन हुन्छ की भन्ने प्रश्नले धेरैलाई सताएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा सागरराज भण्डारी गत वर्षझैं लकडाउन घोषणा गर्नु त्रुटिपूर्ण हुने बताउँछन्। उनी भन्छन्, ‘कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनलाई सिफ्टअनुसार सञ्चालन गर्नुपर्छ, सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ।’ उनका अनुसार नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण देखिएको छ। ‘खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन। संक्रमण हुने र अरूलाई सार्ने सम्भावना कायमै हुन्छ,’ उनी भन्छन्। गत वर्ष हवाई मार्ग र स्थल मार्ग भएर नेपाल आउनेलाई गरिएको ‘फरक मापदण्ड’ले लकडाउनको अवस्थामा पुर्‍याएको विज्ञको भनाइ छ। तेस्रो र दोस्रो लहरको मार खेपिरहेका मुलुकबाट स्वदेश छिर्नेलाई गत वर्षको गल्ती नदोहोर्‍याई समान मापदण्ड कायम गर्नुपर्ने उनीहरूको सुझाव छ। कोरोना संक्रमणको १ वर्ष पूरा भइसक्दा पनि जोखिम उस्तै छ। भारतमा दैनिक ४० हजारभन्दा बढी संक्रमित हुन पुगेका छन्। सवा लाखमा झरेको सक्रिय संक्रमितको संख्या झण्डै ४ लाख पुगेको छ।] नेपाल–भारत नाकाबाट निर्बाध आवतजावत भइरहेको छ। कोरोना संक्रमणलाई देखाएर लकडाउन घोषणा गर्न नहुने डा मरासिनी बताउँछन्। विगतको गल्ती सच्याएर अघि बढ्नुपर्ने उनको सुझाव छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here