म्यानमारमा सुरक्षाकर्मीद्वारा सात वर्षे बालिकाको गोली हानी हत्या

0
34

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ । गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरको व्यक्ति हुन् । मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेनले जनाएको छ ।अहिलेसम्म १६४ जना प्रदर्शनकारीको ज्यान गएको आर्मीले बताएको छ । तर एसिस्टेन्स एसोसियसन फर पोलिटिकल प्रिजनर्स (एएपिपि) का अनुसार हालसम्म कम्तीमा २६१ जनाको ज्यान गएको छ । मंगलबार सेनाले प्रदर्शनकारीको निधनप्रति दुःख व्यक्त गरेको थियो । तर उसले देशमा अस्थिरता निम्त्याउनमा प्रदर्शनकारीकै भूमिका रहेको आरोप लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीले पितालाई लक्षित गरेर प्रहार गरेको गोली नजिकै बसिरहेकी सात वर्षे बालिकालाई लागेको हो । मृत्यु हुने बालिकाको नाम खिन मिओ चित रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । गोली लागेर मृत्यु भएकी बालिकाका १९ वर्षे दाइलाई सुरक्षाकर्मीले पक्रेको परिवारका सदस्यले बताएका छन् । अहिलेसम्म यसबारे आर्मीले केही बताएको छैन ।सेभ द चिल्ड्रेनले वक्तव्य जारी गरेर घटनाको निन्दा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here