८ महिनाको अवधिमा गुल्मीमा १३ करोड ६४ लाख ६८ हजार राजस्व संकलन

0
184

गुल्मी – गुल्मीमा करदाता सेवा कार्यालय स्थापना भएको ८ महिनाको अवधिमा १३ करोड ६४ लाख ६८ हजार राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष ०७७ र ०७८ को ८ महिनाको आय कर ६८ लाख, घर भाडा कर ७ लाख, व्याज कर ३४ लाख, भ्याट कर ६ करोड ६८ लाख र अन्त शुल्क कर ६७ लाख संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख टंक भुसालले बताए । कर सम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन,व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालयमार्फत काम भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख भुसालले बताए । जिल्लाबाट कर तिर्नकै लागि पाल्पा तथा बुटवल जानु पर्ने बाध्यता अत्य भएको छ । कार्यालय स्थापना भएसँगै जिल्लाभित्रका सेवाग्राहीलाई सहज भइरहेको सेवाग्राही अरवीन्द्रकुमार श्रेष्ठले बताए । कार्यालय स्थापनाले जल्ला सदरमुकाम तम्घासमा करदाता सेवा कार्यालयको स्थापना भएपछि करसम्बन्धी कामको लागि पाल्पा बुटवल जानुपर्ने बाध्यता अत्य भएको हो । जिल्लामा कर कार्यालय नहुँदा बेला बेलामा शिविर आयोजना गरेरै व्यवसायीको कर संकलन गर्ने गरिएको थियो । यहाँका व्यवसायीहरुलाई कर तिर्न निकै समस्या रहेकाले कार्यालय खुलेसँगै करको दायरा बढनुका साथै व्यवसायीलाई पनि सहज भएको छ ।

                                                         स्रोत : अनलाइन खबर 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here