​दैनिक एउटा सिंगो अण्डा खादा मृत्यु हुने जोखिम

0
101

काठमाडौं – दैनिक एउटा अण्डा सिंगै खाँदा मृत्यु हुने जोखिम १४ प्रतिशतले बढ्ने देखिएको छ । पहेंलो भागसहितको अण्डा खाँदा यस्तो जोखिम बढ्ने अनुसन्धानमा पाइएको छ । यो जोखिम अण्डा उसिनेर, फ्राइ गरेर वा अम्लेट बनाएर खाँदा पनि हुनेछ । यो अध्ययनको नेतृत्व गरेका चिनियाँ अनुसन्धानकर्ताका अनुसार जोखिम बढाउने कारक अण्डामा हुने उच्च चिल्लो पदार्थ र कोलेस्टेरोल हुन् । अनुसन्धानकर्ताहरुले अण्डाको सेतो भाग मात्र खान वा अण्डाको सट्टा यस्तै पौष्टिक तत्व हुने अन्य खाना खान सुझाव दिएका छन् । डेलीमेलको रिपोर्टअनुसार अण्डाको सट्टा सोही अनुपातमा गेडागुडी वा फलफूल खाने गर्दा मृत्युको जोखिम एक तिहाइले घटेको पाइएको छ । अनुसन्धानकर्ताहरुले ५ लाख भन्दा धेरै अमेरिकीहरुलाई सन् १९९५ र १९९६ मा केही प्रश्नहरुको सूची दिएका थिए र उनीहरुलाई १६ वर्षसम्म अवलोकन गरेका थिए । अण्डा सेवन गर्नेहरुको बढ्दो मृत्युदर ठूलो परिमाणमा कोलेस्टेरोलबाट प्रेरित थियो ।’स्वास्थ्य र अण्डाको सम्बनधका विषयमा वर्षौं अगाडिदेखि बहस हुँदै आएको छ र अण्डालाई लामो समयदेखि स्वस्थ खाद्यपदार्थ मानिँदै आइएको छ । अण्डालाई अहिले कैयौं देशको राष्ट्रिय पोषण गाइडलाइनमा समावेश गरिएको छ । तर यो खाद्यपदार्थ, खागसगरी पहेंलो भागमा उच्च कोलेस्टेरोल हुन्छ जुन स्वास्थ्थयको लागि हानीकारक मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here