अझै केही दिन मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना: जल तथा मौसम पूर्वानुमान महाशाखा

0
294

काठमाडौं – मुलुकभर पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार र बुधबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान
चैत्र ०२ गते (सोमबार)
दिउँसो : देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र ०३ गते (मंगलबार)
दिउँसो : देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भेगका एक दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र ०४ गते (बुधबार)
दिउँसो : देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here