चैत्र २१ मा विन्ध्यवासिनी म्युजिक अवार्ड,योगेश बैद्य लाई लाइफ टाइम र वाग्लेलाई कलापत्रकारिता सम्मान

0
271

काठमाण्डौ – गीतको सम्मान संगीतको सम्मान स्रष्टा हरुको महान चाड विन्ध्यवासिनी म्युजिक अवार्ड अर्थात अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहान यहीँ भाव बोकेर बिन्ध्याबसिनी म्युजिक प्रालिले आफ्नो अवार्डको एघारौं संस्करण यहि आउँदो चैत्र २१ गते सम्पन्न गर्ने भएको छ । उक्त अवार्डको पुर्व तयारीका निमित्त अहिले बिभिन्न गृह कार्य गरिरहेको छ । सोहि क्रममा आज काठमाण्डौको इन्द्रेणी फुडल्याण्डमा रहेको लुम्बिनी हलमा बिन्ध्यवासिनी म्युजिक अवार्डको कार्यक्रमबाट सम्मानित पत्रकारकार, फाउन्डेशनका आजिवन सदस्य, कार्यसमीति र यस अघि सम्मानित भएका श्रस्टाहरुको उपस्थितिमा एघारौँ बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७७ मा प्रदान गरिने पुरस्कार एवं सम्मान सम्बन्धमा छलफल सम्पन्न गरेको छ । सोहि छलफलबाट बरिष्ट गायक योगेश बैद्य ज्युलाई रु १ लाख धनराशी सहित लाइफ टाइम अचिभमेन्ट अवार्ड द्वारा बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७७ मा सम्मान गरिने निर्णय भएको छ । यसैगरी संगीत साधना सम्मान रु ५० हजार धनराशी सहित बरिष्ट गायिका कुन्ती मोक्तान ज्युलाई, संगीत रत्न सम्मान रु २५ हजार धनराशी सहित गायिका माण्डवि त्रिपाठी ज्यु र कला पत्रकारिता तर्फ रु २५ हजार धनराशी सहित अनन्त वाग्ले ज्युलाई सम्मान गरिने भएको छ । यस अघि २०६७ सालमा भक्तराज आचार्य, २०६८ माणिक रत्न, २०६९ किरण खरेल, २०७० अम्बर गुरुङ्ग, २०७१ दिनेश अधिकारी २०७२ प्रेमध्वज प्रधान, २०७३ दिपक जंगम, २०७४ रत्न शम्सेर थापा, २०७५ शक्ति बल्लभ र २०७६ सालमा कुमार बस्नेत ज्युलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड द्वारा आयोजक बिन्ध्यबासिनी म्युजिक प्रालिले सम्मान गरिसकेको छ । आज सम्पन्न छलफल कार्यक्रममा नेपाली संगीत क्षेत्रका बिशिष्ट ब्याक्तित्वहरु किरण खरेल, दिनेश अधिकारी, शक्ति बल्लभ, दिपक जंगम , डा. कृष्णहरि बराल ,चुडामणि देवकोटा लगाएत विभिन्न पत्रकार , कलाकार र बिन्ध्यवासिनी म्युजिक अवार्डको कार्यक्रमबाट सम्मानित पत्रकार, फाउन्डेशनका आजिवन सदस्य, कार्यसमीति र यस अघि सम्मानितभएका श्रस्टाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here