प्रधानमन्त्री पक्षका कानुन व्यवसायीले आज बहस सक्ने

0
199

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस अब धेरै नलम्बिने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्ने छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यसअघि माघ ३० गतेभित्र बहस सक्न समय दिए पनि भोली सोनाम ल्होसारको सार्वजनिक बिदा परेकाले आजै प्रधानमन्त्रीको पक्षबाट बहस सकिने बताइएको छ ।
यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध १३ रिट निवेदकका पक्षबाट ७२ कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गर्ने छन् । सापकोटाको पक्षबाट तीन कानुन व्यवसायीले बहस गर्ने छन् । उनीहरूको बहसपछि पुनः रिट निवेदक पक्षले जवाफी बहस गर्ने छन् । माघ १९ गतेदेखि सरकार पक्षको बहस सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here