​अरुसँग नसल्कियोस भनेर बुढीले आफ्नै बूढाको पाइन्टमा ताला ठोकिन

0
129

एजेन्सि – मेक्सिकोका एक ४० वर्षे बुढीले आफ्नी २९ वर्षे बुढाको पाइन्टमा ताला लगाइदिएको घटना र्सार्वजनिक भएको छ । आफ्नी बुढीले अरुसँग लसपस गर्छ भन्ने आशंकामा आफ्नै बुढाको पाइन्टमा ताल्चा लगाईदिए पछि बुढाले उजुरी गरेका छन् ।
आफुभन्दा निकै कम उमेरका बुढा अरु केटिसँग बरालिने शंका गर्दै ती महिलाले पाइन्टमा ताला ठोकेकि बताएकि छिन । आफ्नो पाइन्टमा बुढीले ताला लगाइदिँदा आफु दिनमा घण्टौँ सम्म पाइखाना समेत जान नपाएको भन्दै ती युवा प्रहरी समक्ष पुगेपछि यो घटनाको पर्दाफास भएको हो । तर ती युवतीले अब आफुले बुढाको पाइन्टमा ताल्चा नलगाउने लिखित प्रतिबद्धता गरेका छन् । उसको उपस्थितिमा उसैले ताला खोलिदिएर आफ्नो इच्छा पूरा गर्ने र त्यहीँ बेला मात्र आफु ट्वाइलेट जान पाउने अन्यथा बुढी बाहिर गएको बेलामा आफु ट्वाइलेट सम्म जान नपाउने उनको दुखेसो थियो । बुढीको डरले आफुले आफै ताला तोड्ने हिम्मत पनि नगरेको उनले बताए ।
युवकको उजुरीपछि प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ । उनले प्रहरीलाई बुढाको पाइन्टमा लगाएको ताल्चाको साँचो दिएपछि प्रहरीले ताला खोलिदिएको थियो । प्रहरीले ती युवतीविरुद्ध दुराचारको अभियोगमा मुद्दा चलाउने प्रयास गरेपछि युवकले जाहेरी दिन अस्विकार गरेपछि उनीमाथि मुद्दा चलेन र केही घण्टामै हिरासतमुक्त गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here