काठमाडौँ – अघिल्लो दिन तोलाको ७ सय रुपैयाँले घटेको छापावाल सुन आज प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।