विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउण्डेसनले जारी गरे प्रेस बिज्ञप्ति (के छ त यसमा)

0
275

काठमाडौं – विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउण्डेसनले पछिल्लो समयमा विन्ध्यवासिनी म्युजिक र गायक प्रमोद खरेलको बिचमा भैरहेको बिबादका बिषयमा प्रेस बिज्ञप्ति जारि गरेका छन। सोहि प्रेस बिज्ञप्ति विन्ध्यवासिनी म्युजिककि संचालिका एबम विन्ध्यवासिनी फाउण्डेसनकि अध्यक्ष लिना शर्मा रेग्मीको फेसबुक बाट सार्वजनिक गरिएको हो। हेर्नुहोस उक्त प्रेस बिज्ञप्ति।

प्रेस विज्ञप्ति ।
प्रतिलिपि अधिकार ऐनले ध्वनि अङ्कन उत्पादकहरूको अधिकार ५० वर्ष सम्म कायम गरेको छ । त्यस कारण विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्ना ध्वनि अङ्कन उत्पादन गीत/संगीत/भिडियो/अडियो/सिडी क्यासेट सबै ५० वर्ष सम्म निर्बाध रूपमा बिक्री वितरण गर्न पाउँछ । यो ऐनले दिएको अधिकार हो ।
बिन्ध्यबासीनि म्यूजिक सँग एल्वम प्रणयमा गायकको हैसियतमा करारमा हस्ताक्षर गरेका प्रस्तोता प्रमोद खरेल प्रतिलिपि अधिकार ऐन अनुसार प्रतिलिपि अधिकार धनी होइनन् । गीतकार सङ्गीतकारको गीत सँग सम्बन्धित कुनै विवाद भयमा आफै सुल्झाउने छु भनेर प्रतिलिपि अधिकार धनी “मानेर” करार ऐन अनुसार एग्रिमेन्ट भयको हो । ऐन बमोजिम प्रस्तोता स्वयं प्रतिलिपि अधिकार धनी हुन सक्दैनन् । प्रस्तोता भन्नाले गायक मात्र होइनन् । ऐनले प्रस्तोताको परिभाषा व्यापक गरेको छ, यो पनि कानुनी व्यवस्था हो । ऐनले दिएको समान हैसीयतको अधिकार मध्ये ध्वनिअंकन ऊत्पादक (लगानिकर्ता) को हैसीयत अस्विकार गर्ने कथित अभियन्ताहरूको षडयन्त्रमा विन्ध्यवासिनी म्युजिक प्रा. लि. लाई फसाउने फट्याइँको विषय सबैलाई विदित भयो । बौद्धिक सम्पत्ति माथिको प्रतिलिपि अधिकार धनी गायक प्रमोद खरेल होइनन्, त्यस कारण यहाँ गायकको बौद्धिक सम्पत्ति हनन भयको छैन यो हाम्रो स्पष्ट अडान र अवधारणा हो ।
गीतकार,संगीतकार र लगानिकर्ताको अधिकार हनन गरेर गायक मात्र लाभान्वित हुनु हुँदैन, सबैले सबैको अस्तित्व स्विकारनु पर्छ ! अहीले यो विषयको कानुनी लडाइँ हो विन्ध्यवासिनी म्युजिक प्रा. ली. को । लगानिकर्तालाई हतोत्साहि गर्ने र ध्वनिअंकन ऊत्पादकहरूको अधिकार छीनेर, थर्काएर, लुटेर, दु:ख दिएर, धम्काएर लिने खोज्ने सामुहिक दुस्प्रयासको बिरूद्ध कानुनि ऊपचार खोज्नु बाहेक अर्को बिकल्प पनि छैन !
करारको सर्त बमोजिम गायक प्रमोद खरेल र उत्पादक विन्ध्यवासिनी बिचको सम्झौता अवधि ५ वर्षको हुनेछ भनी उल्लेख छ । सम्झौता अवधि सकिएपछि गायक प्रमोद खरेललाई गीत फिर्ता गर्ने भन्ने लेखिएकै छैन । यो त ऐन बमोजिम ५० वर्ष सम्म दुवै पक्षले प्रतिलिपि अधिकार ऐनले तोके बमोजिमको भोग/चलन /बिक्री वितरण/ गर्न पाउने र दुवै पक्षले ऐनले गरेको व्यवस्था अनुसार गर्ने हो । बरु गायकले ध्वनि अङ्कन उत्पादन र लगानीकर्ता विन्ध्यवासिनी म्युजिक प्रा.ली को अनुमति बिना ट्रयाक प्रयोग गरी विभिन्न ठाउँहरूमा प्रस्तुति दिई लाखौँ आर्जन गर्दै हिँडेर उल्टो गीतकार र संगीतकारहरूको प्रतिलिपि अधिकारको हनन गरेका छन् – यो हाम्रो मान्यता हो ।
सम्झौता अनुसारको आय आम्दानीको हिस्सा सकार्ने बेहोर्ने विषयमा पनि प्रमोद खरेलले करार उलङ्घन गरेका छन् । पटक पटकको पत्राचार हुँदा पनि ऊनले ध्वनि अङ्कन उत्पादक कम्पनीको कार्यालयमा आउन इन्कार गरी मेलमा हिसाब मागेका छन् । आफूमाथि लगानी गरिदिने लगानीकर्ता खोज्दै हिँड्दा एक दिनमै पाँच पटक र दिनदिनै महिनौं धाउन सक्ने गायकले लगानीकर्ता उत्पादकले हरहिसाबको लागी कार्यालय आउन गरेको आग्रहलाई पटक पटक इन्कार गरी उल्टो विभिन्न मान्छेहरूको हस्ताक्षर सङ्कलन गरेका छन् ।
५७ जना हस्ताक्षरकर्ताहरू गायक प्रमोद खरेल र बिन्ध्यवासीनिको करारका विषयमा के सम्बन्ध राख्दछन्? उनीहरूको लेन देन के छ? कता छ? कहाँ उल्लेख छ? समूह बनाई बिन्ध्यवासीनि म्यूजिक प्रा. लि. माथि जुन प्रकारले प्रहार गरेर हामीलाई दु:ख दिईयो,यसले संङ्गीत क्षेत्रमा लगानी गर्नेहरूलाई निरुत्साहित गरेको छ !
कानून- झुन्ड/समूहले प्रभावित हुँदैन,यो सबै नागरिकलाई समान हुन्छ । संङ्गीत संग सम्बन्धित सबैपक्षको अधिकार सुनिश्चित हुनुपर्छ भन्ने मान्यताले नै हामीले कानुनी बाटो अवलम्बन गरेका हौ ।
कारोबार प्रतिलिपि अधिकार सँग जोडिएको, गायकले ध्वनि अङ्कन उत्पादक कम्पनीको अधिकार छिन्ने प्रयास गरेको, करारको उलङ्घन पनि स्वयं गायकले नै गरेको, प्रतिलिपि अधिकार ऐनले दिएको (गायक)प्रस्तोताको अधिकार सुरक्षित गर्दै गर्दा ध्वनि अङ्कन उत्पादक कम्पनीको अधिकारलाई पनि सुरक्षित गर्नै पर्छ,कानुनले सबैलाई समान न्याय दिनुपर्छ । हुल बाँधेर र हस्ताक्षर जोडेर ल्याउँदैमा कुनै ब्यक्तीमाथि फौजदारी कसुर हुनु हुँदैन । अबको कानुनी लडाइँ यसैमा मात्र केन्द्रित हुनेछ । कुनै आम्दानी र हरहिसाब भय दुई पक्ष बसेर विन्ध्यवासिनी म्युजिककै कार्यालयमा गर्दा हुन्छ । करोडौँको कारोबार नभएर,एक-दुई लाखको कारोबार रहेको । त्यो पनि करार बमोजिम गायकले आफ्नो रोयल्टी आम्दानीबाट उल्टै तिर्न पर्ने हिसाब आउने देखेर ११ वर्ष सम्म सम्पर्क गर्न नआएका हुन । तसर्थ कानुन बमोजिम उनीलाई कुनै पनि प्रकारको क्षतिपूर्ति,जरिवाना तिर्न पर्दैन परेमा तिरौला भनेर सम्मानित अदालतमा “प्रणय” अल्बमको जम्मा आम्दानि रु २,७५,०००/- धरौटी पनि राखेका छौ । यो एल्बम निर्माण र यसको प्रबर्द्धनमा बिन्ध्यवासीनि म्यूजिक प्रा,लि ले गरेको लगानीका सम्बन्धमा संङ्गीत क्षेत्र जानकार नै छ ! यसै कसुरमा फौजदारि अभियोग प्रमाणित भयमा न्यायलयले तोक्ने सजायँ भोग्न बिन्ध्यवासीनि म्यूजिक प्रा. लि. तयार नै छ !
यो अवधि केहीलाई खुसी मिल्यो होला ती सबैलाई साधुवाद । विन्ध्यवासिनीका शुभचिन्तक घर परिवारका सदस्यहरूलाई दुःख लागेको थियो यो आत्मीयता र हौसलाका लागी नमन: । केहीलाई अन्तरवार्ता दिन र खुसी बाँड्न मिडियामा रमाइलो लागेको थियो उनीहरूलाई धन्यवाद । क्रूर र अमानवीय षडयन्त्रका प्रमुख पात्र र यसैसँग जोडिनुभएका ५७ जनालाई विशेष धन्यवाद ! स्वामित्व/सम्पत्ति र अधिकारको यो लडाइँ लड्ने अवसर प्राप्त भयकोमा सम्पूर्ण संगीत जगतलाई प्रणाम ! आगामी दिनमा गीत संगीत कै कर्ममा डटिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।
जय गीत जय संगीत !
अध्यक्ष
लिना शर्मा रेग्मी
विन्ध्यवासिनी म्युजिक प्रालि
विन्ध्यवासिनी फाउन्डेसन परिवार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here