कैँची प्रहारबाट एक युवकको मृत्यु

0
22

कैँची प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ बाइपास ओरालो बस्ने भारतको मोतिहारी घर भएका २५ वर्षीय सुवोध मियाँ रहेका छन् । मंगलबार राति सुवोधले कैँची प्रहार गर्दा भारतको मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँ गम्भीर घाइते भएका थिए । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौैंका डीएसपी प्रमेश विष्टका अनुसार ‘दुवै जनाले सिलाइ कटाइको काम गर्दा रहेछन् । घट्नाको प्रारम्भिक अवस्था हेर्दा उनीहरु बीच मंगलबार राति आपसी विवाद हुँदा सुवोधले कलाममाथि कैँची प्रहार गरेको देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी गराईन्छ ।’

कलाममाथि कैँची प्रहार गरेपछि भाग्दै गरेको अवस्थामा सुवोधलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीको सहयोगमा बुधबार बिहान नियन्त्रणमा लिएको डीएसपी बिष्टले जानकारी दिए । पक्राउ परेका सुवोधमाथि थप अनुसन्धान भइरहेको डीएसपी बिष्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here