गायक केशव ज्ञवालीलाई मायाको डोरोले यसरी कसेपछि, हेर्नुहोेस् भिडियोसहित

0
323

सर्जक तथा गायक केशव ज्ञवालीले आफ्नो नयाँ गीत ‘मायाको डोरो’ लिएर बजारमा आएका छन्।
बिन्ध्यवासिनी म्यूजिकको युट्युव च्यानलमार्फत उनले आफ्नो गीत सार्वजनिक गरेका हुन्।
गीतमा स्वयम् सर्जक/गायक केशव ज्ञवाली र सरिता पन्थीको सुमधुर स्वर सुन्न सकिन्छ भने लय, शब्द पनि ज्ञवालीकै रहेको छ। नरेश पाण्डेले गीतको मीठो एरेन्ज गरेका छन् भने उक्त गीतलाई ज्ञवालीले मायाको डोरो गीति एल्बममा समावेश गरेका छन् ।


यस्तै गीतको भिडियोमा भने आवास ज्ञवाली र सरी पोख्रेलको अभिनय रहेको छ। भिडियोको छायांकन तथा सम्पादन भने प्रदिप कंडेलले गरेका छन् ।

गीतको भिडियो हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here