सडक दुर्घटनामा हरिणको मृत्यु

0
414

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प. ४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको हो ।

हरिणलाई सोमबार राति ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कन्चनपुर नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउको र बायाँ कुममा चोट लागेको छ । दुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको कुँवरले बताए ।
यसअघि गत शनिबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.१६ च ८११ नम्बरको कारको ठक्करबाट बाराको पथलैया–अमलेखगञ्ज सडकको आधाभार जंगलमा वयस्क पाटेबाघको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here