ओली-प्रचण्डलाई मनाउन आएका ‘सी’का दूत खाली हात फिर्ता

0
161

पछिल्लो समय नेपालको राजनीतिक घटनाका बारेमा जानकारी लिन आएका सी जिनपिङका दूत स्वदेश फर्किएसँगै भारतीय मिडियाले नेपालमा चीनको सम्बन्ध बिग्रिएको विश्लेषण गरेका छन्। भारतीय मिडिया दैनिक भास्करले नेपालमा चीनलाई ठूलो झट्का लागेको भन्दै समाचार प्रकाशन गरेको छ।
उसले लेखेको छ, ‘कुनै एक समय थियो, जब नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सी जिनपिङको इसारामा नाच्दथे । तर अब बाजी पल्टिएको छ । हामी यो भन्न सक्छौँ की नेपालमा चीनको खेल खत्म भएको छ।’

नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई एकजुट गराउनका लागि चिनिया राष्ट्रपति सी जिनपिङको चिनियाँ प्रतिनिधिमण्डलको चार दिवसीय नेपाल यात्रा बुधबार सकिएको छ।

समाचारमा प्रतिनिधिमण्डल खाली हात चीन फर्किनु परेको र नेपालमा चीनको चाल चल्न नसकेको पनि बताइएको छ। चीनको केन्द्रीय समितिको कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येओओले चार सदस्यीय टिमको नेतृत्व गरेका थिए। येओओले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रतिद्वन्द्वी पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहित कम्युनिष्ट नेतासँग भेट गरेको समाचारमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here