आज नेपालमा कति थपिए कोरोना संक्रमित ??

0
31

नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३१ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख २१ हजार ३६७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here