मलेसियामा नेपालीहरुको मृत्यदरमा बृद्धि, फेरी २० वटा शव अलपत्र

0
128

बैदेशिक रोजगारीको क्रममा मलेसियाका विभिन्न स्थानहरुमा कार्यरत नेपाली मजदुरहरुको मृत्यु दर बढ्न थालेको छ । फेरी पनि २० वटा शव जम्मा भईसकेका छन् ।
यही गतिमा मृत्युदर बढ्ने हो र साना विमानले शव नबोक्ने हुँदा शव नेपाल पठाउनकै लागि पनि महिनामा एकपटक वाइडबडी जहाजको उडान आवश्यक देखिएको छ। केही समयअगाडि मात्रै २६ वटा शव अलपत्र परेको समाचार प्रकाशनमा आएको थियो। ती शवहरु दूतावास र मजदुर समाज लगायतको लामो प्रयासपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाजको उडान गराइएको थियो। त्यसपछि फेरि त्यस्तो उडान हुन नसक्दा मलेसियाका अस्पतालमा नेपाली मजदुरका शव अलपत्र पर्ने क्रम बढेको छ।

अहिले फेरि २० वटाभन्दा धेरै शवहरु फ्लाइट अभावको कारण समयमै स्वदेश फर्काउन नसकिएको मलेसियास्थित नेपाली राजदुतावास स्रोतले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here