काँग्रेसले आज देशभर प्रदर्शन गर्दै

0
20

प्रतिनिधिसभा विघटनको बिरुद्धमा पुष १३ गते नेपाली काँग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्दैछ । काँग्रेसले सम्वन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उठेका उम्मेदवारहरुलाई नै आ—आफ्नो निर्वाचन क्षेत्रमा हुने बिरोध कार्यक्रममा सहभागी हुन निर्देशन गरेको छ तर काँग्रेस सभापति शेरबहादुर देउवा भने मंगलबारको प्रदर्शनमा भक्तपुरमा सहभागी हुनेछन् । उनी कार्यव्यस्थताका कारण गृह जिल्ला डडेल्धुरा नजाने भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सभापति देउवाले भक्तपुर क्षेत्र नम्बर २ को बिरोध प्रदर्शनलाई सम्बोधन गर्ने जानकारी दिएका छन् ।

यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँमा हुने विरोध प्रदर्शनमा सहभागि हुनेछन् । उनी आजै त्यसतर्फ लागेका छन्। भने महामन्त्री डा. शशांक कोइराला नवलपरासीबाट प्रदर्शनमा सहभागी हुनेछन् । उनी आफ्नै निर्वाचन क्षेत्र नवलपरासी १ बाट प्रदर्शनमा सहभागी हुने भएका हुन्। सहमहामन्त्री डा. प्रकाशसरण महत काठमाडौं ५ बाट प्रदर्शनमा सहभागी हुनेछन्। केन्द्रीय सदस्य गगन थापा नेपालगंजबाट विरोध प्रदर्शनमा सहभागी हुँदैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here