ओलीले चुनाव गराउँछन् भन्ने भ्रममा नपरौं : डा. भट्टराई

0
168

जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासन गर्ने ध्येयमा रहेको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म ओलीले चुनाव नगराउने बताए । संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने, चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ, सरकार चलाउँछ भन्ने भ्रममा नपर्नुस् ।’

भट्टराईले अदालतबाट संसद पुनस्र्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन नसकेको बताएका छन् । ‘अदालतबाट आशा त गरौं, भर गर्ने ठाउँ छैन’ किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा पनि विधि प्रमाण पुर्याउनेतिर जान्छ ।यसबाहेक अर्को विकल्प भनेको सार्वभौम अधिकार प्रयोग गरेर संंसद बोलाउने भएको उनले बताए । यसका लागि सभामुखले बैठक बोलाउने र संसदको बैठक राख्नुपर्ने उनले बताए । जनतामा निहित सार्वभौमसत्ता प्रयोग गरेर बैठक बोलाउनुपर्छ र, हामीले फैसला गरौं’ उनले भने । साथैओलीको निरंकुश शासन फाल्न संयुक्त जनआन्दोलन गर्नुपर्ने भन्दै उनले सहकार्यका लागि आग्रहसमेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here