भेटियो मानिसलाई जसरी नै काउकुति लाग्ने रुख

0
152

एजेन्सी- छिमेकी देश भारतको उत्तराखण्डस्थित कालाढुंगी जंगलमा एउटा यस्तो रुखको प्रजाति छ, जसलाई मान्छेले छुनासाथ काउँकुति लाग्छ । हामीलाई यो कुरा पत्याउन गाह्रो त छ नै तर यो सत्य हो । भारतीय सञ्चारमाध्यमका अनुसार यो रुखको फेदमा औँला रगड्दा उसका हाँगाबिँगा आफैँ हल्लिन थाल्छन् । जसरी मान्छेको पेटमा छुँदा काउकुती लागेर जीउ हल्लिन्छ त्यसैगरि यसको हाँगाह हल्लिन्छन् । यो रुखलाई भारतमा ‘हास्ने रुख’ भनेर चिन्ने गरिन्छ । यो रुखको वैज्ञानिक नाम रेन्डिया डुमिटोरम रहेको छ । र रुखलाई मानिसले छुँदा किन काउँकुती लाग्छ भन्ने जान्न वैज्ञानिकहरु अनुसन्धानमा खटिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here