बोकाले दियो दुध , आफुहरुले नियमित रुपमा बोकाको दुध खाइरहेको मालिकको भनाइ

0
110

एजेन्सी – छिमेकी देश भारतकाे राजस्थानस्थित धौलापुर जिल्लामा अनौठो घटना भएको छ । त्यहाँको एउटा बोकाले दुध दिएको छ । अझ आचश्यजनक त यो छ की, उक्त बोकाको मालिकले आफुहरुले बोकाको दुध नियमित खाइरहेको बताएका छन् । भारतको धौलापुर, गुर्जामा एउटा बोकाले हर्मोनमा भएको गडबडीका कारण विहान र बेलुका गरी आधा लिटर दुध दिइरहेको छ । बोकाको मालिक राजवीरका अनुसार १६ महिना पहिले पशु हाटमार्फत उनले २ महिनाको उक्त बोका किनेका थिए । उक्त बोकामा ६ महिना पहिले बाख्रामा पाइने हर्मोन विकसित भएर नियमित दुध दिन थालेको थियो । उक्त बोकामा बाख्रा र बोका दुवैको अंग विकसित भएको र बोकाको दुधले परिवारको स्वास्थ्यमा कुनै असर नगरेको राजवीरले बताएका छन् । यस्तो अनौठो बोकालाई हेर्नका लागि अहिले आसपासका गाउँबाट मानिसको भीड लाग्ने गरेको छ । जिल्लामा पहिलो पटक बोकाले दुध दिएकाले हेर्नेहरुको भीड लागेको हो । उक्त बोकाका लागि मानिस उच्च मूल्य तिर्न तयार भएपनि राजवीरले बेच्न अस्वीकार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here