ओलीलाई कारबाही गरेको निर्णय बोकेर निर्वाचन आयोग पुग्यो प्रचण्ड-माधव समूह

0
169

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड- माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको निर्वाचन आयोगलाई जानकारी गराएको छ । मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयनको निर्णय गरेको थियो । उक्त निर्णयबारे जानकारी गराउन बुधबार नेकपा केन्द्रीय सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता मुक्ति प्रधानसहितको टोली कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here