​आज वर्षकै सबैभन्दा चिसो दिन, तराईमा शितलहर र बाक्लो हुस्सु

0
86

काठमाडौं – हाल नेपालको पूर्वी तथा पश्चिमी नेपालको तराई भू-भागमा हुस्सु तथा कुहिरो लागि रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कुनै उल्लेखनिय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ ।
जसका कारण वर्षकै अत्याधिक चिसो महसुस गरिएको महाशाखाले जनाएको छ । केही दिनदेखी काठमाडौँको तापक्रम निरन्तर रुपमा घटिरहेको छ । आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । राती देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
दैनिक तापक्रमको गिरावटका कारण चिसो बढ्दै गएकाले त्यसबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । तराईका अधिकांश तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

स्रोत : न्युज सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here