सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो

0
26

काठमाडौं- सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार ९३ हजार एक सय रुपैयाँ तोकिएको छ ।
सुनको धेरै मात्रामा खपत हुने मंसिर महिना सकिने बित्तिक्कै सुनको भाउ बढेको हो । तेजाबी सुनको भाउ ९२ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि बुधबार तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार १२ सय प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बुधबार १२ सय ३० रुपैयाँ कायम भएको छ ।

स्रोत : अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here