आज प्रतितोला १ सयले घट्यो सुनको मूल्य

0
44

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सयले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार पनि सुनको मूल्यमा एक सय रूपैयाँकै गिरावट आएको थियो । चाँदीको मूल्य भने आज प्रतितोला १२ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here