ह्वात्तै बढ्यो जाडो, माइनस ३ डिग्रीमा झर्यो उपत्यकाको न्यूनतम तापक्रम

0
160

काठमाडौं – पछिल्ला दिनमा काठमाडौ उपत्यकामा जाडो ह्वात्तै बढेको छ । सोमबारको दिन चार डिग्री सेल्सियसमा झरेको उपत्यकाको न्यूनतम तापक्रम आज मंगलबार तीन डिग्री सेल्सियसमा झरेको छ । यो यसवर्षकै सबैभन्दा कम तापक्रम हो ।
हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली भने छैन । तर तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।
आज प्रदेश नं। १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here