​काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा लगाइएको जोर–विजोर प्रणाली हटाउने तयारी

0
362

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा लगाइएको जोर–विजोर प्रणाली हट्ने भएको छ । पछिल्लो समय जोर–विजोर प्रणालीको प्रभावकारिता कम हुँदै गएपछि हटाउने तयारी गरिएको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारीले सवारी साधनमा जारी जोर–विजोर प्रणाली हटाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।‘
कोरोना संक्रमण नियन्त्रणका लागि भनेर लागू गरिएको जोर–विजोर प्रणालीको प्रभावकारिता घट्दै गएको छ ।‘अब एक–दुई दिनमै जोर–विजोर प्रणाली हटाउने विषयमा निर्णय हुने अधिकारीले बताए । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा चल्ने सवारी साधनमा लकडाउन खुकुलो भएपनि गत भदौ २५ गते जोर–विजोर प्रणाली अपनाउने निर्णय गरेको थियो । विहानीको समयमा चल्ने सवारी साधनको हकमा जोर–विजोर प्रणाली लागू गर्ने गरिएपनि दिउँसोको समयमा भने प्राय सबै सवारी–साधन निर्वाद जस्तै चल्दै आएका छन् । ‘भिडभाड नहोस् भनेर जोर–विजोर प्रणाली लागू गरिएको हो । विस्तारै सबै क्षेत्र खुला हुँदै गएपछि अब सवारी–साधनमा मात्रै जोर–विजोर प्रणाली लगाइरहनु नपर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक अधिकारीले बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीका अनुसार जोर–विजोर प्रणाली हटाउने सन्दर्भमा अहिले गृह मन्त्रालयसँग पनि छलफल चलिरहेको छ । गृह मन्त्रालयबाट राय लिएर जोर–विजोर प्रणाली हटाउने सम्बन्धमा निर्णय हुने ती अधिकारी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here