पुरुषले दुईवटा विवाह नगरे जेल जानुपर्ने

0
229

काठमाडौं – हाम्रो देशमा बहुविवाह कानूनतः प्रतिबन्धित छ र एकभन्दा धेरै श्रीमती बनाउने पुरुषलाई सजाय पनि हुन्छ । तर अफ्रिकी देश इरिट्रियामा दुई जना महिलासँग विवाह नगरे सजाय मिल्ने कानून रहेको छ ।
इरिट्रियामा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग विवाह गर्नैपर्दछ । इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या निकै कम छ । सोही कारण सरकारले सबै पुरुषलाई दुईजना महिलासँग विवाह गर्नैपर्ने कानून बनाएको हो । कुनै पनि महिला अविवाहित बस्नु नपरोस् भन्ने मनशायले सरको यस प्रकारको अनौठो कानूनको निर्माण गरेको हो । कानूनको उल्लंघन गरी दुईवटा विवाह नगर्ने पुरुषलाई जेलको सजाय हुन्छ ।
पुरुषलाई मात्र सजाय हुने होइन, महिलालाई पनि यदि पहिलो श्रीमतीको रुपमा विवाह गरेर भित्रिएका कुनै पनि महिलाले आफ्नो श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने प्रयास गरेमा त्यस्ता महिलालाई पनि सजाय हुने कुरा कानूनमा उल्लेख छ । श्रमिानलाई दोश्रो विवाह गर्नबाट रोक्ने महिलालाई जन्मकैदको सजाय हुन सक्ने प्रावधान कानूनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here