नेपाली कथानक चलचित्र ‘हाउडे’ अब युट्युवमा

0
240

काठमाडौं – नेपाली कथानक चलचित्र ‘हाउडे’ अब युट्युवमा पनि हेर्न पाइने भएको छ। ‘झंकार’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त चलचित्रको सर्वाधिकार भने विन्ध्यवासिनी म्युजिक प्रालिमा रहेको छ र ‘झंकार’ विन्ध्यवासिनी म्युजिक प्रालिको अर्को च्यानल हो अर्थात बिन्ध्यवासिनिकै टेलिभिजन कार्यक्रम ‘झंकार’ मार्फत नै उक्त च्यानलको नामाकरण गरिएको हो। बिहिबार अर्थात मङ्सिर २५ गते सार्वजनिक गरिएको उक्त चलचित्रमा अन्नी कुँवर, मनीस केसी , बिश्वाश श्रेष्ठ, रोसी बस्नेत, संगीत बस्याल लगायतको अभिनय रहेको छ। चलचित्रलाई संगीत बस्यालले निर्देशन गरेका हुन् भने छायांकन रामेश्वर हुमागाईले गरेका हुन्। बिष्णु प्रशाद श्रेष्ठ , सावित्री श्रेष्ठ र विन्ध्यवासिनी म्युजिक प्रालि निर्माताको रुपमा रहेको चलचित्रमा निर्मला गिरि , लेखु सहयात्री र रिम्स डेञ्जिले गीत लेखेका हुन् भने संगीत रमेश खड्का , कृष्ण काफ्ले,र फुवांगको रहेको छ। चलचित्रको सम्पादन जीवन सेन्चुरीले गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here