आफ्ना कार्यकर्ताहरुलाई मंसिर २९ गते सडकमा आउन कांग्रेसको आह्वान

0
15

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते आफ्ना कार्यकर्ताहरुलाई सडकमा आउन आह्वान गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसले तयारी गरेको छ ।
कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकमा प्रदर्शनको तयारीबारे छलफल भएको थियो । बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
उनले भने, ‘कोरोनाको महामारीका बेला पनि सरकार र सत्तारुढ पार्टी सत्ताको द्वन्द्वमा केन्द्रीय छ । त्यसले हामी २९ गते प्रदर्शन गर्दैछौं र त्यसमा सहमति हुन अपील गरेका छौं ।’
सरकारले अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको र त्यही क्रममा पौडेलमाथि धरपडक भएको भन्दै कांग्रेसले २९ मंसिरको प्रदर्शनमा यसलाई पनि मुद्दा बनाएको छ ।
सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार कां‌ग्रेसले सडक आन्दोलनलाई निरन्तरता दिने छ । ‘२९ गतेको प्रदर्शन प्रारम्भिक मात्र हो, त्यसपछि अरु कार्यक्रम पनि गर्ने सल्लाह भएको छ’ समेत उनले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here