आज अपरान्ह १ः ४५ बजे विश्वकै सर्बोच्च सिखर सगरमाथाको नयाँ उचाइ घोषणा हुँदै

0
131

काठमाडौं – आज अपरान्ह १ः ४५ बजे विश्वकै सर्बोच्च सिखर सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ । सो घोषणाको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्दैछ । यस अगाडि भएको सहमति अनुसार नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्नेछन् । सन् २००५ देखि नेपाल र चीनको बिचमा उचाइको विषयमा विवाद उत्पन्न भएको थियो ।
तर हिउँको सतहलाई उचाइको आधार मान्नुपर्ने नेपालको प्रस्तावमा चीन सहमत भएको छ । यस अगाडि चीनले चट्टानलाई आधार मान्नुपर्ने बताउँदै आएको थियो ।
गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको समयमा उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । हालसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक मानिँदै आएको छ । स्रोतका अनुसार अहिले सगरमाथाको उचाइमा केही वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here