नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गते बस्ने गरी स्थगित

0
31

काठमाडौ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक केहीबेर अगाडि बैठक सकिएको हो। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बोलेका थिए। पार्टीमा देखिएको आन्तरिक समस्या बैठकको कार्यसूची रहेको थियो। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए। उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए।
उक्त पत्रमा प्रचण्डको प्रस्तावबारे औपचारिक छलफल गर्न नसकिने ओलीले उल्लेख गरेका छन्। बैठकमा दुवै अध्यक्षका प्रस्ताव सदस्यहरूलाई बाँडिएको छ। उक्त प्रस्ताव पढ्न सात दिन समय दिइएको छ। अब स्थायी कमिटी बैठक मंसिर २८ गते बस्नेछ। केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। केन्द्रीय समिति बैठक मंसिर २५ गतेका लागि बोलाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here