कार दुर्घटनामा परि भक्तपुरमा एक युवतीको मृत्यु तीन युवक घाइते

0
120

भक्तपुर – भक्तपुरमा गएराति भएको कार दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने तीन युवक घाइते भएका छन् । प्रहरीका अनुसार गएराति १२ बजेर ४७ मिनेटमा मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना परेको हो ।
बा. ८ च. ४७५६ नम्बरको कार अनियन्त्रित भइ सडकबीचको फलामको रेलिङहरुलाई ठक्कर दिइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनामा परेर काठमाडौँ महानगरपालिका–४, धुम्बाराही पिपलबोट बस्ने ३० वर्षकी रिया श्रेष्ठको मृत्यु भएको छ ।
घटनामा मध्यपुरथिमी नगरपालिका– १, लोकन्थी बस्ने कार चालक २६ वर्षका रञ्जित कार्की, सोही नगरपालिका– ५ राधेराधे बस्ने वर्ष २६ का विजय देउजा सुर्यविनायक नगरपालिका– ४ गाम्चा बस्ने २७ वर्षका सुदप थापा घाइते भभएका छन्।
प्रहरी कार्यालय रानीपोखरीबाट सो खवर प्राप्त हुनासाथ घटनास्थल पुगेको र सडक किनारमा अचेत अवस्थामा लडेकी रियालाई तत्कालै उपचारार्थ मध्यपुर अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
मृतक श्रेष्ठ समेत तीन जनालाई लिएर काठमाडौँतर्फ जाने क्रममा दुर्घटना भएको आइतबार बिहान मात्र प्रहरीको नियन्त्रणमा आएका चालक कार्कीले प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here