नेकपा स्थायी कमिटी बैठक बस्दै, ओलीको सहभागीता अनिश्चित

0
161

काठमाण्डौ – सत्तारुढ नेकपाभित्रको विवाद झनै पेचिलो बन्दै गएको छ । दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको असहमतिबीच आइतबार पार्टी कार्यालय धुम्बराहीमा स्थायी कमिटी बैठक बोलाइएको छ ।
स्थायी कमिटी बैठकमा ओली उपस्थित हुने÷नहुने अनिश्चित छ । शनिबारको बैठकमा ओलीले पार्टीमा देखिएको विवाद सचिवालय बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिएका थिए । तर सचिवालय बैठकमा सहमति हुन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले दुवै प्रस्ताव स्थायी कमिटीको बैठकमा लगेर छलफल गर्नुपर्ने अडान लिएका थिए। शनिबारको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने सचिवालय बैठकले निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here