सुनको भाउ बढ्दा पनि माग धान्न मुस्किल

0
21

काठमाडौं – पछिल्लो सातामात्रै सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढ्यो । तर, सुनको माग भने ह्वात्तै बढेको छ । मूल्यमा तीव्र उतार चढाव देखिए पनि दैनिक ४० किलोसम्म सुनको बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । विहेको लगनका कारण पनि पछिल्लो समय सुनको माग बढेको हो । माग बढेसंगै बजारमा सुनको अभाव भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
मंगलबारदेखि निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रबार पनि तोलामा तीन सय रुपैयाँले बढेको छ । आजको कारोबारका लागि छापावल सुनको भाउ तोलामा ९२ हजार ९ सय र तेजाबी सुनको भाउ ९२ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावल सुन ९२ हजार ९ सय र तेजाबी ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको भाउ पनि साताभर बढ्दो क्रममा रह्यो । बिहीबार १२ सय पाँच रुपैयाँमा कारोबार भएको प्रतितोता चाँदीको भाउ शुक्रबार पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँ तोकिएको छ ।
कोरोना र लकडाउनका कारण सिथिल बनेको सुन बजारमा मंसिर लागेसँगै पुरानो चमक फर्केको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here